म्याग्दीमा चारजनाले कोरोना जितेका छन् । सदरमुकाम बेनीको खुल्लामञ्चको शैक्षिक तालिम केन्द्रको आइसोलेशन वार्डमा उपचाररत एक महिला सहित चार पुरुषले कोरोना जितेका हुन्।

कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका एक पुरुषको तेस्रो र महिला सहित तीनजनाको दोस्रोपटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार कोरोना संक्रमणबाट मुक्त हुनेमा बेनी नगरपालिका–३ भकिम्लीका, मालिका गाउँपालिका–३ रुमका ३० बर्षिय  विक, रघुगंगा गाउँपालिका–२ की ३० बर्षिया भण्डारी थर गरेकी महिला र मंगला गाउँपालिका–५, अर्मनका २० बर्षिया   तरामी रहेका छन् ।

रघुगंगा–२ भगवतीकी महिलाको रिर्पोट नेगेटिभ आएपनि उनीसँगै रहेक ९ बर्षिया छोरीको दोस्रो रिर्पोट पोजेटिभ आएको छ । कोरोना जित्नेमा मालिका–३ रुमका विक बाहेक सबै भारतबाट आएका हुन् । कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर आइतबार डिस्चार्ज गरिएको छ । आइसोलेसनमा १२ जनामध्ये चारजनाले कोरोना जितेपछि अब ८ जना रहेका छन् ।

Leave a Reply