---Advertisement---

बागलुङका थप २७ जनामा कोरोना संक्रमण पुष्टि

On: June 27, 2020 8:26 PM
Follow Us:

बागलुङमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आज (शनिबार) राती ८ बजेट प्रकाशित गरेको प्रेस विज्ञप्ती अनुसार काठेखोला गाउँपालिकाका २ महिला सहित चार जना, बागलुङ नगरपालिकाका १७ जना र बडिगाड गाउँपालिकाका ६ जनालाई संक्रमण पुष्टि भएको छ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरीएको नमुना परीक्षणमा बागलुङ नगरपालिकाका २८, ५५, २१, ३९, ३७, ३२, ३७, ७०, ४, ४१, २०, ५१, ४८, ३७, २१, २९ र ३५ वर्षका १७ जना पुरुषलाई संक्रमण पुष्टि भएको छभने काठेखोला गाउँपालिकाका ३६ र २७ वर्षका २ जना महिला र २० र २३ वर्षका २ जना पुरुषलाई संक्रमण देखिएको छ ।

यस्तै बडिगाड गाउँपालिकाका १९, २०, २७, १७, ४७ र २८ वर्षका ६ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।यससँगै बागलुङमा संक्रमितको संख्या १ सय ७७ पुगेको छ । त्यसमध्ये २४ जना निको भएर घर फर्किएका छन् ।