भारतबाट पदैल र सवारीसाधनको प्रयोग गरी पश्चिम म्याग्दीको मालिका गाउँपालिका-४, ओखरबोटको सिस्नेरी पुगेका ३१ बर्षिय एक यूवालाई घर परिवारले प्रवेश गर्न दिएनन् । कोरोना (कोभिड(१९) बाट सुरक्षित रहन भारतको हरिद्धारबाट आएका उनलाई घर बाहिर सुरक्षित राखेर दरबाङको जनप्रिय माविको क्वारेन्टाइनमा पठाइएको छ ।

भारतबाट आउँदा कोरोनाको जोखिमलाई मध्यनजर गरी परिवारबाटै खवर भएपछि क्वारेन्टाइनमा राखिएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् । यूवालाई दरबाङ क्वारेन्टाइनमा राखेर पिसिआर रिर्पोट पठाउने कि बेनीको क्वारेन्टाइनमा ल्याउने भन्ने बारेमा निर्णय भएको छैन् ।

भारतको हरिद्धारबाट सवारीसाधनमा सीमा क्षेत्र हुदै सवारीसाधन प्रयोग गरी नारायणगढसम्म आएर त्यहाँबाट पैदलयात्रा मुक्लिङसम्म आएर ट्रकमा पोखरा आएको यूवाको भनाई छ । पोखराबाट पदैल र सवारीसाधनको प्रयोग गरी बेनी आएका उनले बेनीबाट हिडेर सिस्नेरी पुगेका थिए । सीमा क्षेत्र लगायत विभिन्न स्थानमा प्रहरीले समेत सवारीसाधन खोज्न सघाएको यूवाको भनाई छ । अझैपनि सीमा क्षेत्रबाट लुकिछिपी आउने क्रम रोकिएको छैन् ।

Leave a Reply