---Advertisement---

म्याग्दीमा सलह भित्रिने जोखिम, यस्तो छ रोकथामको तयारी

On: June 28, 2020 3:49 PM
Follow Us:

गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि बालीनालि नष्ट गर्ने सलह किरा देखिएपछि म्याग्दीका किसानलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । मानो छरेर मुरी उमार्नेबेलामा एक्कासी सलहको त्रासले चिन्तित म्याग्दीका किसानलाई कृषि ज्ञान केन्द्रले कृषकहरुलाई सचेत रहन सूचना जारी गरेको छ ।

गण्डकी प्रदेशको कास्की, गोरखा, छिमेकी पर्वत जिल्लाको सिमाना आसपासमा समेत देखिएकाले म्याग्दीमा समेत प्रवेश गर्ने उच्च सम्भावना भएकाले सलह देखिएमा विभिन्न सवधानीमार्फत नष्ट गर्न सकिने ज्ञान केन्द्र म्याग्दीमा प्रमुख गोविन्दराज कोइरालले बेनीअनलाइनलाई बताए । ‘हामीले सार्वजनिक सूचनामार्फत अपिल गरेका छौ,‘सबै स्थानीय तह समेत सर्तकताको अभियानमा जुट्ने तयारीमा छन्’ कोइरालाले भने ।

उनका अनुसार फट्याग्रा जातको किरा हुल सहल देखिएमा धुँवा लगाउने, ध्वनी जस्तो थाल, टिन, ड्रम तथा बाइक र गाडीको हर्नको प्रयोग गर्ने गर्न सकिने बताए । त्यस्तै जालिको प्रयोग गरि किरा छोपेर पशुपक्षींको दानाको रुपमा प्रयोग गर्ने, लामो रसिलाइ खेत बारीको दुइ छेउबाट दुइजनाले तानेर बोटहरु हल्लाइदिने गर्नाले कीरालाइ वालीनालिमा वस्नबाट रोक्न सकिने भएकाले सर्तकता र पूर्व तयारी आवश्यक रहेको बताए ।

म्याग्दीमा धमाधम धान रोपाई सुरु भएकाले धान वा अन्य वालिको ब्याड वा नर्सरी छ भने प्लाष्टिक वा झुलले छोपेर राख्न समेत प्रमुख कोइरालले अनुरोध गरे । उनले केही दिन सलहको त्रास र जोखिम हुने भएकाले राती वास वसेको देखियो भने विहानको ९ वजे अगाडी वा सलह उड्नु अगाडी नै नष्ट गर्नुपर्ने बताए ।

रातको समयमा सलहले खेतीपातीमा नष्ट नगर्ने भएकाले रातको समयमा बासस्थानको पहिचान गर्न सकेमा नष्ट गर्न सजिलो हुने बताए । यो समयमा जिल्लाभित्र सलह प्रवेश गरेमा भर्खरै रोपेको धान खेती सखाप पार्ने भएकाले रोप्ने तयारीमा प्याडमा रहेको विउलाई संरक्षण गर्न सकेमा वा रोपिसकेको स्थानमा आवश्यक सावधानी अपाउना समेत ज्ञान केन्द्रले अपिल गरेको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।