जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा सर्वसाधारलाई निशुल्क मास्क र सेनिटाईजर वितरण गरिएको छ । मदन भण्डारी फाउन्डेशन म्याग्दीले कोरोना भाइरसको सम्भावित संक्रमणबाट सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने गरी बेनी अस्पतालको प्रवेशद्धारमा गरिएको कार्यक्रममा १ हजार मास्क र ३ सय सेनिटाईजर वितरण गरिएको थियो ।कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका अध्यक्ष एवम्संविधान सभाका सदस्य गोविन्द पौडेल, संविधान सभाका सदस्य नवराज शर्मा र नेकपाका सचिव हरिकृष्ण श्रेष्ठले सर्वसाधारणलाई वितरण गरेको सदस्य सन्तोष रावलले बताए ।

जननेता भण्डारीको जन्मजयन्तीको अन्य कार्यक्रमहरु कोरोनाको जोखिमलाई मध्यनजर गदैं स्थगन गरी सचेतनामुलक कार्यक्रमहरुमै केन्द्रित भएको अध्यक्ष चन्द्रकुमार केसीले बताए ।

कार्यक्रममा मास्क नलगाई हिडेकालाई मास्कको महत्वका बारेमा जानकारी समेत गराइएको थियो । कार्यक्रमको अध्यक्षता फाउन्डेशनका अध्यक्ष केसी, स्वागत सदस्य धनश्याम खड्का र सञ्चालन सचिव गणेश बरुवालले गरेका थिए । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३ जेठ २०५० मा चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा निधन भएको थियो।

भण्डारीको जन्म १४ असार २००९ मा ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो। कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएकामा भण्डारीको विशेष योगदान स्मरण गरिन्छ।

Leave a Reply