म्याग्दीमा थप दुई महिलामा कोराना पुष्टी भएको छ । रोजगारको सिलसिलामा कुवेत र ओमन पुगेर फर्किएकी बेनी नगरपालिका–३ भकिम्लीकी ३० बर्षिया र धवलागिरी गाउँपालिका–६ की ४० बर्षिया महिलामा कोराना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।

दुबै महिला असार ३ गते न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा राखिएको थियो । असार १० गते पिसिआर परीक्षणका लागि पोखरा पठाएकोमा आइतबार पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै म्याग्दीमा कोरोना संक्रमति हुनेको संख्या १६ पुगेको छ भने ६ जनाले कोरोना जिेतका छन् ।

Leave a Reply