नेपाल भित्रिएका सलहका बथान तराईका जिल्ला हुदै गण्डकी प्रदेशको कास्की जिल्लासम्म आइपुगेको छ । भारतको उत्तर प्रदेशका जिल्लातिरबाट सलह नेपालसम्म आइपुगेको अनुमान गरिएको सलह किरा गण्डकी प्रदेशको कास्की, लमजुङ र गोरखा जिल्लामा समेत देखिएको छ ।

म्याग्दीसँगै सिमाना जोडिएका पर्वत आसपासका क्षेत्रमा समेत देखिएसँगै म्याग्दीमा समेत उच्च सर्तकता अपनाइएको छ । जिल्लाको प्रमुख बाली धान रोपाईको चटारोमा रहेका किसानलाई सलहले अन्नबाली सखाप पार्ने चिन्नाले समेत सताइरहेको छ । सलहको रोकथामका लागि भइरहेको तयारीका बारेमा बेनीअनलाइनले ज्ञान केन्द्र म्याग्दीमा प्रमुख गोविन्दराज कोइरालासँग छोटो कुराकानी गरेको छ।

बालीनाली नष्ट गर्ने सलह कस्तो प्रजातिको किरा हो ?
यो एक प्रकारको मरुभुमीमा पाइने सलह(Schistocera gregaria)जातको फट्याँग्रा प्रजातिको किरा हो ।

यसका वारेमा प्रष्ट पारिदिनुहोस् न ?
यो झुण्डमा रहने प्रवृतिका सलह किरा हो । यसको वयस्क अवस्था भनेको फट्याँग्रा हो । यसको झुण्डहरु दिनको समयमा हावाको वहावसंगै प्रतिदिन १५० किलोमिटर टाढा सम्म हुल वनाएर उड्न सक्दछ । रातको समयमा भन्दा विहान ९ वजे भन्दा अगाडीको समयमा सक्रिय अवस्थामा हुन्छन, भने रातको समयमा रुख विरुवामा आश्रय लिएर वस्दछन् ।

यसको एउटा किराले एक दिनमा आफ्नो औषत शरिरको तौल बारबरको करिव २ ग्राम खान्छ । औषतमा एउटा सानो सलहको झुण्ड ९१ टन बराबर० ले एक दिनमा वढीमा २५०० मानिसले खाने आहारा वरावरको वनस्पतिहरु नष्ट गर्दछ ।यसको वयस्कलाई अण्डा पार्नको लागि परिपक्क हुन साधारणतया ४ हप्ता लाग्दछ । यसरी सरदर ३ महिनामा यसको जीवन चक्र पुरा हुने गर्दछ ।

 

सलह किरा भित्रिदैन भन्दै थिए, कसरी प्रवेश गर्यो त ?

म्याग्दीमा हाल सम्म देखा नपरेको यो किरा भारत बाट दक्षिण पुर्वि हावाको वहावको कारण ले गर्दा २०७७-३-१३ गतेका दिन भारत हुदै वुटवल, रुपन्देही, कपिलवस्तु, वारा, पर्सा, सर्लाही, र सिन्धुली जिल्लामा देखा परेको र आजको दिनमा नवलपुर, गोर्खा, तनँहु र लम्जुङ जिल्लामा प्रवेश गरिसकेको छ, यदि हावाको वहाव पश्चिम दिशा तर्फ वढ्यो भने म्याग्दी जिल्लामा प्रवेश गर्दैन भन्न सकिदैन, तर हावाको दिशा परिवर्तन भइ पुर्वी उत्तर तर्फ बहाव वढेमा चाहीँ भित्रिदैन। नेपालमा भित्रिएको यो किराको ठुलो झुण्ड नभएर सानो झुण्ड जुन आफ्नो समुहबाट छुट्टिएर आएको अनुमान गरिएको छ ।

कृषि क्षेत्रका विज्ञहरुले नै नेपालमा सलह भित्रिदैन भन्दै थिए, कसरी प्रवेश गर्यो त ?
विज्ञहरुले नेपालमा मनसुन सुरु भैसकेको कारण र हावाको वहकिने दिशा परिवर्तन भएका कारणले गर्दा भित्रिने सम्भावना न्यून हुने आकलन गरेका हुन नेपालमा मनसुन शुरु भैसकेको सन्दर्भमा यस किराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन हुदै गर्दा मौसममा खासगरी हावाको दिशा र गतीमा अचानक आएको परिपर्तनले यस किराको साना साना झुण्डहरुमा छरिएर आएको हुनसक्ने प्राम्भारिक अनुमान गरिएको छ ।

म्याग्दीमा यो प्रवेश गरेपछी मुख्य कुन कुन वाली नष्ट गर्छ ?
म्याग्दीमा यो प्रवेश गरेपछी मकै, धानको विरुवा, विभिन्न तरकारी वालीहरु र फलफुलको विरुवाहरु नष्ट गर्छ।

किसानलाई सलहबाट जोगिन के कस्ता योजनाहरुका वारेमा जानकारी गराउनुभएको छ त ?

यस किसिमको फट्याग्रा जातको किरा हुलमा देखिएमा धुँवा लगाउने, ध्वनी ९जस्तो थाल, टिन, ड्रम तथा बाइक र गाडीको हर्न ० को प्रयोग गर्ने, जालिको प्रयोग गरि किरा छोपेर पशुपक्षींको दानाको रुपमा प्रयोग गर्ने, लामो रसिलाइ खेत बारीको दुइ छेउबाट दुइजनाले तानेर बोटहरु हल्लाइदिने गर्नाले कीरालाइ वालीनालिमा वस्नबाट रोक्न सकिन्छ । धान वा अन्य वालिको ब्याड वा नर्सरी छ भने प्लाष्टिक वा झुलले छोप्ने र सलह खेत वारीमा राती वास वसेको देखियो भने विहानको ९ वजे अगाडी वा सलह उड्नु अगाडी नै धपाउनु पर्दछ ।

Leave a Reply