त्रिभुवन विश्वबिधालय नेपालको जेठो र झन्डै ७०% उच्च शिक्षाको कार्यभार ओगट्ने एक मात्रा शैक्षीक सस्था हो| त्रिभुवन विश्वबिधालयले स्थापनाको झन्डै साठीऔ दसक पार गरिसकेको छ । यस अबधीमा हजारौं जनसक्ती उत्पादन गरिसकेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाँचवटा प्राविधिक शैक्षिक संस्था र चारवटा साधारण संकाय सञ्चालित छन। विश्वविद्यालयका ६१ आंगिक,  ९३१ वटा निजी क्याम्पसरहेका छन भने ४ वटा अनुसन्धान केन्द्र सन्चालन मा छन।

यो बिचमा त्री बि ले धेरै आरोह अबरोह बेहोरिसकेको छ। उता भने २०४७ पछाडि  त्री बि कै स्वरुपमा आधारीत भएर बिभिन्न निजी र सरकारी विश्वबिधालय स्थापना भैसकेका छन भने कती स्थापनाकै चरण मा छन तर उनिहरुको स्थापना को औचित्ये अझै पुस्टी हुन सकेको छैन| यो बिचमा त्री बि ले धेरै बौद्धीक र भौतिक सम्पत्ति आर्जन गरिसकेको छ|

त्रिभुवन विश्वबिधालयले आफ्नो उमेर ढल्काउदै जादा झनै पारीपक्क र गुणस्तरिय उच्च शिक्क्षा दिनुपर्नेमा किन त्रिभुवन विश्वबिधालयको गुणस्तरमा प्रशन उठिरहेको छ?हिजो त्रिभुवन विश्वबिधालयले दिने उच्च शिक्षा र आज दिने शिक्षामा धेरै फरक हुनु पर्ने हो तर किन प्रशासन यन्त्र, पठन पाठन शैली, परिक्षा प्रणाली र पाठ्येक्र्म उही छ।

हुनत यो बिचमा धेरै नयाँ बिषय थपिय, प्रमाण पत्र तह हट्यो, सेमेस्टर प्रणाली लागु भयो, स्नातक तह २ बर्ष बाट ३ हुँदै ४ बर्ष पुग्यो तर प्रश्न यहाँनिर छ कि – के प्रमाण पत्र हटाउनु समय को माग थियो वा डोनर सस्थाको दबाब? सेमेस्टर प्रणाली लागु त भयो के वार्षिक प्रणाली भन्दा गुणस्तरिय छ त? मुल्याङ्कन गर्ने बेला भएनर? पाठ्येक्रम किन उपयुक्त पारीमार्जन हुन सकेन? प्राबिधिको प्रयोग कती छ? पठन पाठन शैली मा किन भिन्नता? यावत प्रस्न गर्भमै छन? त्रिभुवन विश्वबिधालयले आर्जन गरेको भौतिक र बौद्दिक सम्पत्ति को लेखा जोखा खै?

किन र कसको दबाबमा  केन्द्रिये कार्यलयमै रहेको जग्गा अरबौ मुल्यको जग्गा मेलम्ची देखी, आँखा अस्पाताल सम्म, क्रीकेट रङसाला देखी, ल्याबरोटोरी सम्म लाई दिइयो? उता चितवनमा धुर्मुस सुन्तली फाउन्डेसन लाई करौडौ को जग्गा किन दिइयो? आँफैमा सोचनिय बिसय होइनर?  कती आङिक क्याम्पसको नाममा रहेको जग्गा भु-माफिय को कब्जामा पुगेको छ खोजिको बिसय छदै छ।

अर्कोतिर बिभिन्न विश्वबिधालय सग भु- स्वामित्व को बिबाद निकालेर त्रिभुवन विश्वबिधालय लाई फसाइएको छ किन ? क- कसको खेल छ? माकुरालाई माकुरा कै बच्चाले निल्छ भन्ने तितो यथार्थ प्रकट हुन थालेको छ।

बिभिन्न राजनीतिक दल हरुले आफ्नो स्वार्थमा पदाधीकारी प्रयोग गर्न खोज्दा आलो घाउमा नुन छर्किये झै भएको छ। कर्मचारी र प्रध्यापक नियुत्ती प्रकृया देखी ज्याला बिहिन्ता को समस्या उस्तै छ। पटक पटक बिद्यार्थी संगठन ले गर्ने अबान्छीत गतिबिधीले त्रिभुवन विश्वबिधालय साखमा धब्बा लागेकोछ।

परिक्षा प्रणालीमा ब्यथिती, अन्सन्धान र किर्तीमा चोरी, स्थाइ प्रध्यापकको निजी मोह र कर्मचारी भित्रको छल कपट र पदाधीकारी को पाटी मोहले त्रिभुवन विश्वबिधालयले आफ्नो साख जोगाउन नसकेको पक्कै हो ।

तर त्रिभुवन विश्वबिधालय भित्र अझै पनि कर्मशिल प्राध्यापक, लगनसिल विद्यार्थी, कर्तब्यपरायण कर्मचारी, अनुसन्धानमुखी अनुसन्धानकर्मी र योजना भयका पदाधीकारी नभएका होइनन। उनिहरुको उत्प्रेणाको निमित्त बिभिन्न कार्यक्रम ल्याउन आबस्य छ भने अनुस्नन्धान लाई जनजिबन सङ जोडीन आबस्यक छ। शक्तीसाली आयोग गठन गरी बौद्दिक र भौतिक सम्पती छनबिन जरुरी छ। उता  बिद्यार्थी बिभिन्न बिद्यार्थी, कर्मचारी, प्रध्यापक सङठन खारेज गरी सोबिउ काउन्सिल र अधिकारिक ट्रेड युनियन स्थापना गरिनुपर्छ।

आन्सिक र करार प्रध्यापक को समस्याको दिर्घकालिन समधान खोजिनु पर्छ। सेवा आयोग मार्फत नियमित बिग्यापन गरिनुपर्छ भने खुला प्रतिस्प्रदा बाट पदाधिकारी नियुत्तिको बाटो खोलिनु पर्छ। खर्चमा पारदर्सिता अपनाउन र परिक्षा प्रणालिमा सुधार ल्याउन प्रबिधी को प्रयोग मा जोड दिनु पर्छ ।

अनुस्नन्धान केन्द्र क्र्यासिल गराउनु पर्छ भने प्रध्यापक हरुलाई ६ घण्टा क्याम्पस हरु भित्र अनुसन्धान र अद्यापन मा खटाउनु पर्छ। निजी कलेज मा लगानी गर्ने र निजी कलेजमा अध्यापन गर्ने हरुलाई बिभागीय कारबाही गर्ने आट पदाधीकारी ले गर्नु पर्छ|बिस्वबिध्यालय बच्चाउ, बिस्वबिध्यालय जिबित र उत्कृष्ट रहे मात्र हामी बाच्नेछौ र नयाँ नेपाली युग को सुन्दर बिहानी सुरुवात गर्नेछौ।  कोभिड १९ ले पारेको प्रभाव लाई सम्बोधन गर्ने गरी नयाँ कार्यक्र्म आओस वार्षिक उत्सव को हार्दिक शुभकामना|

Leave a Reply