दुवै मृगौला फेल भएर उपचाररत म्याग्दीकी एक यूवती अस्पतालमा उपचारका लागि आर्थिक अभाव भएपछि पाँचदिन अस्पतालमा बसेर घर फर्किएकी छन् । मंगला गाउँपालिका–१ पूर्णगाउँकी १६ बर्षिया कोपिला पुन मणिपाल अस्पतालमा उपचारको क्रममा आर्थिक अभाव भएपछि घर फर्किएकी हुन् ।

अस्पतालको शैयाबाटबाट सहयोगको याचना गरेकी कोपिलाको उपचारमा पाँचदिनमा करिब ४५ हजार सकिएको उनका दाई प्रेम पुनले बेनीअनलाइनलाई बताए । ‘उपचारमा पैसा नै भएन्,‘पछि जुटाएर आउने भन्दै बहिनीलाई लिएर घर आए’ पुनले भने ।

उनले उपचारमा म्याग्दीको ओमकुमारी शान्ति कोषले रोक पहिचानका लागि ८ हजार सहयोग गरेको बताए । ‘पैसा नभएपछि गरिबको उपचार अस्पतालमा हुदोरहेनछ,‘उपचारमा सबैले सानोसानो सहयोग गरिदिनुहोला’ पुनले भने ।

अस्पतालबाट विना उपचार फर्किदा पीडित कोपिला समेत भाबुक भएकी थिईन् । सहयोग पाए उपचार सम्भव रहेको बताउँदै बाँच्ने रहर भएपनि गरिबीले मृत्युको मुखमा पुर्याएको उनले बताईन्। उपचार गरेर घर फर्किने र उच्च शिक्षा पढ्ने धोको रहेको बताईन् । उनी यसबर्षको एसइईकी विद्यार्थी समेत हुन् ।

मृगौला सहित जटिल समस्या देखिएपछि प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि पीडितका आफन्तले बेनीअनलाइनमार्फत आर्थिक सहयोगको अनुरोध गरेका थिए । राष्ट्रिय जनजागृति माविकी विद्यार्थी समेत रहेकी पुनको उपचार आर्थिक समस्याले बाध्य भएर घर फर्किनुपरेको विद्यालयका प्रधानाध्यापक टेक राम्जालीले बताए ।

उनले ठूलो परिवार भएकाले विपन्नताकै कारण विहानबेलुकी हातमुख जोड्न समेत मुस्किल भइरहेको अवस्थामा उपचारका लागि स्वदेश तथा विदेशबाटै सहयोग गर्नुपर्ने बताए । पूर्णगाउँमा सुकुम्बासी जस्तै जीवन विताइरहेका बलबहादुर पुनकी छोरी समेत रहेकी कोपिलाको पोखरास्थीत मणिपाल अस्पतालमा उपचार भइरहेको छ । गाउँकै विपन्न बल बहादुरको ३ छोरा, २ छोरीमध्ये कोपिला कान्छी बहिनी हुन् ।

सहयोगका लागि प्रेम पुनः ९८४३१६७७६५
टेकबहादुर राम्जाली प्रअ राष्ट्रिय जनजागृति मावि ९८४७६३५६५१

Leave a Reply