भनिन्छ, हरेक आमालाई आफ्नो ज्यानको भन्दा बढी आफ्ना सन्तानको माया लाग्छ। रघुगंगा गाउँपालिका–२ भगवतीकी एक महिला यस्तै महान आमामा पर्छिन् । म्याग्दीमा आइतबार कोरोना जितेका चारजनामध्ये तीन पुरुषलाई बिदाई गरिदैं गर्दा रघुगंगा गाउँपालिका-२ भगवतीकी एक महिला आइसोलेसन कक्षमै थिईन् ।

कोरोनाको दोस्रो रिर्पोट नेगेटिभ आएपछि घर फर्किनुपर्ने ३० बर्षिया महिला ९ बर्षिया छोरीको दोस्रो रिर्पोट पोजेटिभ आएपछि छोरीको हेरचाहका लागि आइसोलेसन कक्षको पहिलो तलामा रहेको एउटा कोठामा छिन्।

आइतबार विहान बाहिर कोरोना जितेकालाई विदाई गरिँद उनले छोरीलाई खेलाएर बसेकी थिईन्। कोरोनाको त्रासकै बिचमा भारतबाट फर्किएर बेनीको क्वारेन्टाइनमा बसेका आमा–छोरीको नमुना सङ्कलन गरी पिसिआर जाँच गर्न पठाइएकोमा पोजेटिभ आएसँगै आइसोलेसन कक्षमा कोरोनाबाट आफ्नोभन्दा छोरीको धेरै चिन्ता गर्ने गरेकी छन्।

‘अनेक दुखः कष्टलाई थिचोल्दै सीमापारीबाट छोरीलाई ल्याएर आए, अव निको भएपछि सँगै घर फर्किन्छौ’ उनले भनिन्। कोरोनालाई छोरीले पनि सजिलै पराजित गर्ने भन्दै कुनै चिन्ता नभएको संक्रमति बालिकाकी आमालाई उद्धित गदैं बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

‘उनलाई आफ्नोभन्दा छोरीको चिन्ता छ,‘ सन्तानका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् भन्ने प्रमाणपनि हो,‘अब छिट्टै आमाछोरी एकैपटक घर फर्किन्छन्’ कटुवालले भने। छोरीको अवस्थाका बारेमा दैनिकजसो स्वास्थ्यकर्मीलाई जानकारी गराउने गरेको बताए ।

दुई अक्षरले निर्मित प्रिय शब्द आमाको सन्तानप्रतिको जिम्मेबारी अनगिन्ती भएपनि कोरोनाको जोखिममा समेत थप हेरचाहका लागि आइसोलेसन कक्षमै बस्नुपर्ने अवस्थाले आमाको सन्तानप्रतिको मायाँको एउटा सुन्दर उदाहरण भएको उनले बताए।यता स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले कोरोना निको भएकालाई रि–इन्फेक्सनको सम्भावना कम भएकाले आमाछोरी सँगै बस्दैमा कुनै असर नगर्ने बताए ।

‘बालिकाको रेखदेखका लागि उहाँ त्यही बस्नुपर्ने अवस्था हो,‘आमालाई पुनः कोरोना संक्रमणको जोखिम हुदैन’ लम्सालले भने । उनले कोरोना संक्रमतिलाई रि–इन्फेक्सनको जोखिम नभएपनि छोरीको तेस्रो रिर्पोटसँगै आमाको समेत पिसिआरका लागि पठाउने बताए । कोरोना संक्रमणबाट मुक्त भएकालाई समेत घरमा कम्तिमा एकसातासम्म छुट्टै बस्ने गरी पठाइएको बताए ।

Leave a Reply