अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दी खोलामा हाम फालेर एक बृद्ध बेपत्ता

On: June 29, 2020 4:35 PM
Follow Us:
---Advertisement---

जिल्लाको बेनी नगरपालिका–४,सिंगा तातोपानीका एक बृद्धले म्याग्दी खोलामा हाम फाम फालेर बेपत्ता भएका छन् । तातोपानी फापरखेतका ६५ बर्षिय लिलाधर अधिकारीले सोमबार राती २ बजे म्याग्दी तातोपानी कुण्डको नुहाउने स्थानबाट खोलामा हाम फालेर बेपत्ता भएका हुन् ।
बेपत्ता अधिकारीको कपडा, छाता, मोमवाईल फेला परेको आफन्त सुविन शर्माले जानकारी दिए । बेपत्ता बृद्धको खोजीकार्य भइरहेपनि खोलाको बाहवका कारण समस्या भएको छ । तातोपानी कुण्डदेखि पर्वतको मालढुंगासम्म खोजी गरिएपनि कुनै पत्ता नलागेको स्थानीयको भनाई छ ।