पर्वतमा पनि सलह किराको समुह आईपुगेको छ । पर्वतको महाशीला गाउँपालिकावाट सोमवार विहान प्रवेश गरेको सलह अहिले जिल्लाभरीनै फैलिएको छ । ५÷७ वटा समुहमा रहेको सलहमा प्रत्येकमा ५ सय देखि १० को संख्यामा भएको हुनसक्ने अनुमान गरिएको छ । हावाको चाप दक्षिणवाट उत्तरतर्फ सरेकाले साँझ सलको समुह सदरमुकाम कुश्माको आकाशमा र छिमेकी जिल्ला बागलुङतर्फ अगाडि बढिरहेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

सोमवार विहान ९ बजेतिर पर्वतको महाशीलामा मकै, धान र कोदोको विऊ खाँदै गरेको अवस्थामा भेटिएको सलह दिउँसो त्यहाँबाट उडेर अन्यत्र सरेको हो । त्यस्तै साँझपख कुश्मा नगरपालिका वडा नं. ९ वितलबमा पनि केहि मात्रामा मकैवालीमा देखिएको थियो ।

कृषि ज्ञान केन्द्र पर्वतका अनुसार सल ५÷६ वटा समुहमा पर्वत र बागलुङमा प्रवेश गरेको छ । अहिलेसम्म कुनैपनि स्थानमा क्षति नपु¥याएको र वन तथा डाँडाकाडाँहरुमा बुसेको पाईएको बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो ।उनका अनुसार पर्वत र बागलुङ दुवै जिल्लाका स्थानीय तहका कृषि प्राविधिक, सवै प्रहरी तथा सुरक्षा निकायमा सलह प्रवेश गरेकाले सचेत हुन र नियन्त्रणका उपाय अपनाउन आग्रह गरिएको रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार आगो फुक्ने, चर्को स्वर आउने बाध्ययन्त्रहरु बजाउने, छोप्ने वा धपाउने गरेमा यसले क्षति पु¥याउन नपाउने उहाँले बताउनुभयो । अहिले महाशीलामा बाहेक अन्यत्र वालीनालीमा पसेको खवर नआएको उहाँको भनाई छ ।

यो एकै ठाउँमा नवस्ने जात भएको र त्यति ठुलो समुहमा समेत नभित्रिएकाले ठुलो क्षति गर्न नसक्ने अनुमान गरिएको रेग्मीले बताउनुभयो ।अहिले पर्वत र बागलुङ जिल्लाका कुन कुन ठाउँमा सलह प्रवेश ग¥यो भनेर सुचना संकलनको काम भैरहेको र नियन्त्रणको थप कार्ययोजना बनाएर अघि बढ्ने तयारी भैरहेको कार्यालयले जानकारी दिएको छ । Source: Newsdabali.com

Leave a Reply