उत्तरी म्याग्दीमा सलह किरा देखिएको छ । अन्नपूर्ण गाउँपालिका–६ घारमा सलह किरा भेटिएको हो । छिमेकी जिल्ला कास्की र पर्वतमा विहान प्रवेश गरेको सलह देखिएकोमा उत्तरी क्षेत्रमा घारमा सलह किरा भेटिएको घारका स्थानीय यूवा रवी बरुवालले बेनीअनलाइनलाई बताए । ‘घर नजिकै भेटिएको छ,‘समुहबाट छुटिएको हुनसक्छ’ बरुवालले बेनीअनलाइनलाई भने ।

उनले आफ्नो घर आसपासमा करिब १५–२० वटाको हाराहारीमा देखिएको बताए । घार आसपासमा सलहको बथान देखिएपछि बालबालिकाले टिपेर लैजान थालेका छन् । सहल किरालाई खोज्न बालबालिका आसपासमा क्षेत्रमा समेत पुगेको बताइएको छ । घारमा प्रवेश गरेको सलह छिमेकी कास्की हुदै आएको अनुमान गरिएको छ । हावाको चाप दक्षिणवाट उत्तरतर्फ सरेकाले म्याग्दीमा कास्की, पर्वत र बागलुङ जिल्लाको सिमा क्षेत्रबाट सोमबार साँझ सलको समुह प्रवेश गरेको अनुमान गरिएको छ । यसका बारेमा कृषि ज्ञान केन्द्रले औपचारिक जानकारी गराएको छैन् । छिमेकी पर्वतको सदरमुकाम कुश्माको आकाशमा र छिमेकी जिल्ला बागलुङतर्फ अगाडि बढिरहेकाले बेनी नगरपालिका भित्र समेत भित्रिने जोखिम बढेको छ ।

कृषि ज्ञान केन्द्र पर्वतका अनुसार सोमाबार दिउँसो सल ५÷६ वटा समुहमा पर्वत र बागलुङमा प्रवेश गरेको थियो। मानो छरेर मुरी उमार्ने सिजनमा धान रोपाईमा ब्यस्त रहेका किसानले एक्कासी पहिलोपटक सलह किरा तराई हुदै पहाडी जिल्लामा भित्रिएपछि कृषि ज्ञान केन्द्रमार्फत सलह प्रवेश गरेमा नष्ट गर्न आवश्यक जानकारी गराइएको ज्ञान केन्द्र म्याग्दीमा प्रमुख गोविन्दराज कोइरालले बताए ।

उनले ठूलो समुहमा नआई २०–२५ वटा देखिएमा त्रसित नहुन समेत अनुरोध गरेका छन् । फट्याग्रा जातको किरा हुल सहल देखिएमा धुँवा लगाउने, ध्वनी जस्तो थाल, टिन, ड्रम तथा बाइक र गाडीको हर्नको प्रयोग गर्ने गर्न सकिने बताए ।

उनले छिमेकी जिल्लासम्म आइपुगेको अवस्थामा म्याग्दीमा समेत भित्रिने सम्भावना उच्च रहेकाले किसानले आफ्नो बालीनाली जोगाउयन जालिको प्रयोग गरि किरा छोपेर पशुपक्षींको दानाको रुपमा प्रयोग गर्ने, लामो रसिलाइ खेत बारीको दुइ छेउबाट दुइजनाले तानेर बोटहरु हल्लाइदिने कीरालाइ वालीनालिमा वस्नबाट रोक्ने, धान वा अन्य वालिको ब्याड वा नर्सरी छ भने प्लाष्टिक वा झुलले छोपेर राख्न समेत राख्नुपर्ने बताए ।

केही दिन सलहको त्रास र जोखिम हुने भएकाले राती वास वसेको देखियो भने विहानको ९ वजे अगाडी वा सलह उड्नु अगाडी नै नष्ट गर्नुपर्ने ज्ञान केन्द्रले जनाएको छ । रातको समयमा सलहले खेतीपातीमा नष्ट नगर्ने भएकाले रातको समयमा बासस्थानको पहिचान गर्न सकेमा नष्ट गर्न सजिलो हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Leave a Reply