म्याग्दीका एक सफल यूवा ब्यवसायीले कोरोना भाइरस बिरुद्धको अभियानमा फ्रन्ट लाइनमा सक्रिय नेपाल प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग गरेका छन् ।

बेनी नगरपालिका-८, गणेशटोलमा रहेको रखाल इन्टरप्राइजेजका सञ्चालक एवम् म्याग्दी जेसीजका पूर्व अध्यक्ष ईश्वर श्रेष्ठले १२ हजार बराबरको एन ९५ मास्क र सेनिटाइजर जिल्ला प्रहरी कार्यालयलाई हस्तातरण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयमामा प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरलार्इँ सहयोग हस्तान्तरण गदैं भविस्यमा पनि निरन्तर सहयोगको प्रतिबद्धता जनाएका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रनाउ कुँवरले कोरोना भाइरस बिरुद्धको अभियानमा सरकारी प्रयासले मात्रै सम्भव नभएकाले नागरिक संघसंस्था र सामाजिक कार्यमा रुची भएकाहरुको सहयोग समेत आवश्यकता रहेको बताए ।

कोरोना भाइरसको जोखिम कायम रहेकाले लकडाउन खुकुलो भएपनि आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिदैं विभिन्न सामाजिक कार्यहरुमा निरन्तर साथ आवश्यक रहेको प्रनाउ कुँवरको भनाई छ । म्याग्दीमा कोरोना बिरुद्धको अभियानमा संस्थागत तथा ब्यक्तिगत सहयोगहरु गर्ने गरिएको छ ।

Leave a Reply