म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारमा गएराती विद्युत सर्ट भएर एक फर्निचनमा भिषण आगलागी भएको छ । एक्कासी विद्युत सर्ट भएर सोमबार राती १२ः३० बजे रुद्ध बहादुर खत्रीको रामलक्ष्मण फर्निचनरमा आगलागी भएको स्थानीय तेजेन्द्र बानियाँले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार एक्कासी फर्निचरबाट धुँवाको मुस्लो देखिएपछि नियन्त्रण गर्न गलेश्वरमा रहेको शसस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले प्रयास गरेका थिएका थिए ।विहान करिब २ः३० बजे आगलागी नियन्त्रणमा आएको छ थियो । विद्युत् चुहावट हुँदा आगलागी भएको जनाइएको छ ।

आगलागी लगत्तै दुईपटक ठूलो विष्फोटको आवाज समेत आएकाले ग्याँस सिलिन्टर समेत विष्फोट भएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ६० लाखको क्षती भएको अनुमान गरिएको छ ।

Leave a Reply