म्याग्दीको सदरमुकाम बेनी नजिकैको एक बस्तीमा ब्यक्तिगत घर निर्माण गर्दा सावधानी अपनाउन नसक्दा आसपासका क्षेत्रमा असर गरेको छ । बेनी नगरपालिका–८ न्यूरोडबाट नजिकै रहेको घतानटोलमा इनमायाँ विकको घर बनाउने क्रममा निस्किएको माटोको उचित ब्यवस्थापन गर्न नसक्दा रिटेनिङ वालमा असर गरेको छ । वाल भत्किएपछि पदमार्ग समेत अवरुद्ध हो ।

‘तत्काल थप क्षती हुन नदिन सम्बन्धित निकायले ध्यान दिनुपर्छ,‘हेलचेक्राई गरिए १० घरधुरीलाई असर गर्छ’ एक स्थानीयले भने । निरन्तर बर्षा भइरहेकाले पानी र माटोको ब्यवस्थापन आवश्यक रहेको जनप्रतिनिधिले जनाएका छन् । भिरालो जमिनका कारण जोखिमलाई मध्यनजर गरी ब्यवस्थापनमा आवश्यक तयारी भइरहेको वडाले जनाएको छ ।

Leave a Reply