---Advertisement---

बेनीबजारमै भेटियो सलह किरा,उडेर आए लखेट्न किसानलाई अनुरोध

On: June 30, 2020 9:13 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनी नगरपालिका–८ पिपलचोकमा सलह किरा देखिएको छ । स्थानीय दुर्गा मगरको घरभित्र प्रवेश गरेको र आसपासका क्षेत्रमा समेत सानो झुन्ड रहेको स्थानीयले बताएका छन् । छिमेकी जिल्ला पर्वतका विभिन्न स्थानमा देखिएको सलह म्याग्दीमा ठूलो समुहमा नदेखिएपनि फाटफुट देखिन थालेको छ ।

उत्तरी म्याग्दीमो अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिकाको आकाशमा उडिरहेको अवस्थामा देखिएको सलह सदरमुकाम बेनी आसपासमा देखिएपनि सानो समुहबाट छुट्टिएर आएको हुनसक्ने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालले बताए ।

‘म्याग्दी जिल्लामा ठूलो समहु प्रवेश नगरेको छैन्,‘सानो समुहमा देखिएपनि नष्ट गर्नुपर्छ’ कोइरालाले भने । उनका अनुसार पर्वत र बागलुङमा प्रवेश गरेको अवस्थामा म्याग्दीमा समेत सानो–सानो समुहमा भित्रिएको पुष्टी गदैं अहिलेसम्म बालीनालिमा क्षती नपुर्याएको बताए ।

‘किसानलाई आफ्नो खेतबारीमा रेखदेख गर्न अपिल गरेका छौ,‘रोपेको धानलाई सानो समुहले पनि नष्ट गर्न सक्छ’ कोइरालालले भने । उनले रोपेको धानलाई नष्ट गर्न सानो झुन्ड समेत जोखिम भएकाले उच्च सर्तकता अपनाउन अनुरोध गरे ।

आकाशमा उडेर आउने भएकाले सलह बस्ने ठाउँको पहिचान गर्न समेत अनुरोध गरे । बागलुङका विभिन्न स्थानमा सोमबार राती ठूलो समुहमा बसेको जानकारीसँगै म्याग्दीको बेनी नगरपालिका लगायतका क्षेत्रमा सतर्कता अपनाउन समेत विषेश अनुरोध गरिएको छ ।

हावाको चाप दक्षिणवाट उत्तरतर्फ सरेकाले म्याग्दीमा कास्की, पर्वत र बागलुङ जिल्लाको सिमा क्षेत्रबाट सोमबार साँझ सलको समुह प्रवेश गरेको अनुमान गरिएको छ ।

मानो छरेर मुरी उमार्ने सिजनमा धान रोपाईमा ब्यस्त रहेका किसानले एक्कासी पहिलोपटक सलह किरा तराई हुदै पहाडी जिल्लामा भित्रिएपछि कृषि ज्ञान केन्द्रमार्फत सलह प्रवेश गरेमा नष्ट गर्न जिल्लाभित्रका स्थानीय तहले तयारी समेत गरेका छन् ।

फट्याग्रा जातको किरा हुल सहल देखिएमा धुँवा लगाउने, ध्वनी जस्तो थाल, टिन, ड्रम तथा बाइक र गाडीको हर्नको प्रयोग गर्ने गर्न कृषि क्षेत्रका जानकारहरु बताउँछन्।

बालीनाली जोगाउयन जालिको प्रयोग गरि किरा छोपेर पशुपक्षींको दानाको रुपमा प्रयोग गर्ने, लामो रसिलाइ खेत बारीको दुइ छेउबाट दुइजनाले तानेर बोटहरु हल्लाइदिने कीरालाइ वालीनालिमा वस्नबाट रोक्ने, धान वा अन्य वालिको ब्याड वा नर्सरी छ भने प्लाष्टिक वा झुलले छोपेर राख्न समेत राख्न समेत अनुरोध गरिएको छ । रातको समयमा सलहले खेतीपातीमा नष्ट नगर्ने भएकाले रातको समयमा बासस्थानको पहिचान गर्न सकेमा नष्ट गर्न सजिलो हुन्छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।