पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ रनवाङको धानखेतमा सलह किराले सामान्य क्षती पुर्याएको छ । स्थानीय दुर्गादत्त सुबेदीको धानखेतमा छिरेर नष्ट गर्न लागेको अवस्थामा स्थानीयले धपाएका थिए । सानो समुहमा देखिएको सलह दरबाङतर्फ लागेको स्थानीय श्रीराम पौडेलले बताए ।

उनका अनुसार आकाश र जमिनमा देखिएको बताउँदै थप क्षती हुन नदिने गरी स्थानीयले सर्तकता अपनाइरहेको बताए । त्यस्तै धवलागिरी गाउँपालिका–७ बगर क्षेत्रबाट ठूलो संख्यामा छिमेकी मुदीको खिवाङ तर्फ लागेको स्थानीय भुवानी पौडेलले बताए । ‘आकाशमा ठूलो संख्यामा देखिएको थियो,‘सलह नै हो,‘छिमेकी खिवाङतर्फ लागेको छ’ पौडेलको भनाई उद्धित गदैं ताकमबाट स्थानीय पत्रकार गोपाल आचार्यले बेनीअनला्रइनलाई भने । उनका अनुसार बगर आसपासको आकाशबाट अगाडी बढेकाले खेतीपातीमा असर नगरेको अनुमान गरिएको छ । ठूलो बथान देखेपछि मुदीमा किसानलाई समेत जानकारी गराइएको छ । जिल्लाको सबै स्थानीय तहमा सानो–सानो संख्यामा देखिएपनि खेतीपातीमा क्षतीको विवरण आइनसकेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालले बताए ।

हावाको चाप दक्षिणवाट उत्तरतर्फ सरेकाले म्याग्दीमा कास्की, पर्वत र बागलुङ जिल्लाको सिमा क्षेत्रबाट सोमबार साँझ सलको समुह प्रवेश गरेको अनुमान गरिएको छ । सलहले म्याग्दीका सबैभन्दा धेरै क्षती भर्खर रोपेको धानमा पुर्याउन सक्ने भन्दै सचेत हुन अनुरोध गरिएको छ । म्याग्दीमा नियन्त्रणका लागि विषादी नै आवश्यक नभएपनि स्थानीय प्रविधिबाटै सहज हुने बताइएको छ ।

फट्यांग्रोजस्तो देखिने सलह किरा कृषि बाली नष्ट गर्दै आएको अहिलेसम्मकै सबैभन्दा खतरनाक किरा हो । एक वर्गकिलोमिटरभित्र एउटै समूहमा डेढ लाखदेखि ३–४ करोडसम्मको संख्यामा जम्मा हुने र बालीनाली एकैपटक नष्ट गर्ने गर्छ । अन्य किराहरू बाली विशेषमा लाग्ने र आंशिक नष्ट गर्ने गरे पनि सलह किरा हरियो जुनसुकै बालीमा लाग्ने र सबै नष्ट गर्ने प्रकृतिको भएकाले सचेत हुनुपर्ने विज्ञहरुको भनाई छ ।

Leave a Reply