म्याग्दीमा स्थानीय तहले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम साउन मसान्तभित्रै नवीकरण सार्वजनिक सूचना जारी गरेका छन् ।

गृह मन्त्रालयले मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा नियमावली २०७६ लागू भइसकेकाले सोहीअनुरुप लाभग्राहीको नाम साउन मसान्तभित्र नवीकरण गर्न सोमबार परिपत्र गरेपछि स्थानीय तहले लाभग्राहीलाई समयमै नविकरण गर्न वडा कार्यालयमा समेत जानकारी पठाएको छ । विगतमा साउन १ देखि पुष मसान्तसम्म नविकरण गर्ने ब्यवस्था भएपनि आगामी आवदेखि साउन मसान्तभित्र नै नविकरण गर्नुपर्ने परिचयपत्र आएको मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए ।

म्याग्दीमा विगतमा समेत समयमै नविकरण र आवश्यक कागजात सहित प्रक्रियामा नपुगेर छुटेका सेवाग्राहीहरु भएकाले कोरोना भाइरसको जोखिमका कारण लकडाउनका कारण बस्तीमा रहेका सेवाग्राहीले सूचनाको अभावमा नविकरणबाट बन्चित हुने जोखिम बढेपछि वडाका जनप्रतिनिधिमार्फत समेत नविकरणका लागी पटकपटक सूचना पठाइएको बताइएको छ ।

नविकरण नगरेमा सेवाबाट बन्चित हुनुपर्ने अवस्था भएकाले आगामी आवको साउन महिनाभित्रै नविकरण गर्न समेत अनुरोध गरिएको छ ।

Leave a Reply