म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलबार राति करिब ११ बजे मंगला गाउँपालिकाको बरंजाबाट बेनीतर्फ आउँदा गरेको ना ७ ख ४०४६ नंको ट्याक्टर दुर्घटना हुदाँ बेनपा-५ पुरुण्डीका रमेश भन्ने रेशम दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्याक्टरमा चालक दर्जी एक्लै आउने क्रममा एक्कासी दुर्घटना भएको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताए। दुर्घटनाको कारण तीव्र गति र चिप्लो सडक भएको अनुमान गरिएको छ ।ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको छ । चालकलाई ट्याक्टरले किचेको अवस्थामा रहेकाले निकालेर बेनी अस्पतालमा पोष्टमाटर्म गरी परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । चालकको शब अहिलेसम्म घटनास्थलमै रहेको छ ।

Leave a Reply