---Advertisement---

लुलाङमा देखियो सलहको बथान, स्थानीयले छोप्न थाले

On: July 1, 2020 10:26 AM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका-२ लुलाङका सलह किराको बथान प्रवेश गरेपछि स्थानीयले खेतबारीबाट सलह किरा छोप्न थालेका छन् । एक्कासी ठूलो संख्यामा सलह किरा प्रवेश गरेपछि किसानले धमाधम छोपेर राख्न थालेको स्थानीय यूवा रेशम बहादुर विकले बेनीअनलाइनलाई जानकारी दिए ।

‘६ वटा समुहमा देखिएको थियो,‘स्थानीयले छोपेर राख्न थालेका छन्’ विकले भने। उनका अनुसार खेतबारीमा अन्नबाली नष्ट गरेको जानकारी पाएपछि टिन, आगो बालेर समेत धपाउन थालेको बताए । आकाशमा समेत सहल किरा उडिरहेको देखेको स्थानीयको भनाई छ । म्याग्दीमा एकैपटक किसानले पहिलोपटक ठूलो संख्यामा सलह किरा समातेका छन् । स्थानीय रेशकबहादुर विक, संगविर बिक र पिठु विक लगायतले सलह समातेका छन् ।

झुन्डबाट छुट्टिएर आएको देखिएपनि लुलाङमा ठूलो संख्यामा प्रवेश गरेपछि किसान चिन्तित भएका छन् । जिल्लाभित्र सलह किरा प्रवेश गरेपनि कृषि ज्ञान केन्द्रको चासो कम देखिएको छ। समान्य सूचनामै अल्झिएको ज्ञान केन्द्रले प्रभावकारी योजना बनाउन सकेको छैन भने स्थानीय तहमा समेत सहल नियन्त्रणका लागि ठोस पहल भएको देखिर्दैन् । फट्याग्रा जातको किरा हुल सहल देखिएमा धुँवा लगाउने, ध्वनी जस्तो थाल, टिन, ड्रम तथा बाइक र गाडीको हर्नको प्रयोग गर्ने गर्न कृषि क्षेत्रका जानकारहरु बताउँछन्। बालीनाली जोगाउयन जालिको प्रयोग गरि किरा छोपेर पशुपक्षींको दानाको रुपमा प्रयोग गर्ने, लामो रसिलाइ खेत बारीका बसेमा बोट हल्याएर धपाउन सकिने विज्ञहरुले बताएका छन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।