प्रतिनिधिसभा सदस्य एंव संविधानसभा सदस्य ज्ञानकुमारी छन्त्यालको ६६ वर्षको उमेरमा निधन भएको छ ।उनको उपचारका क्रममा शहिद गंगालाल ह्दयरोग केन्द्र काठमाडौंमा निधन भएको हो । अघिल्लो आइतबार मुटुको ३ वटा भल्ब बन्द भएपछि मुटुको शल्यक्रिया गरिएको थियो ।
बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीकी छन्त्याल लामो समयदेखि मुटुको समस्या देखिएपछि एक महिनादेखि अस्पतालमा उपचाररत थिइन ।
मुटुमा समस्या देखिएको पछि प्रतिनिधिसभाको नयाँ नक्सा निशान छापमा समावेशन गर्ने सम्बन्धी बैठकमा छन्त्याल सहभागि हुन सकेकी थिइनन् ।छन्त्याल अल्पसंख्यक समुदाय (छन्त्याल)बाट नेपाली काँग्रेसका तर्फबाट समानुपातिक कोटामा सांसद हुन् । उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।