आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार नेपालमा भन्दा विदेशमा धेरै हुन्छ। धर्तीमा पाइला टेकेको दिनलाई आफन्त, साथीभाईलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउने संस्कार नै बसिसकेको छ । जन्मदिनमा फजुल खर्चलाई निरुत्साहित गर्दै अस्ट्रेलियामा रहेका एक यूवाले म्याग्दीमा दुई अपांगलाई आर्थिक सहयोग गरेर जन्मदिन मनाएका छन् ।

पर्वतको जलजला गाउँपालिका–१ स्थायी भई हाल बेनपा–८ न्यूरोड घर भएका दिनेश खत्रीले बुधबार परेका जन्मदिनको अवसरमा म्याग्दीका दुई अपांगलाई आर्थिक सहयोग गरेका हुन् ।

जन्मदिनको अवसरमा केसीले बेनपा–२ ज्यामरुककोट घर भई रुखबाट लडेर पूर्ण अपांग भएका कृष्णबहादुर घिमिरेलाई १३ हजार ३ सय र बेनपा–९ काँफलबोटका ९ बर्षिय सन्देश विकलाई १० हजार ८ सय ४० रुपैयाँ सहयोग गरेका हुन् ।

‘जन्मदिनमा सहयोग गरेको छु,‘सानो सहयोगले दुबैजनालाई केही राहत हुने अपेक्षा गरेको छु’ केसीले भने । उनले बेनीअनलाइनमा मंगलबार प्रकाशित बालक सन्देशको अवस्था देखेर जन्मदिनमा सहयोग गरेको र ज्यामरुककोटका घिमिरेको पीडादायी अवस्थाका बारेमा पहिले नै जानकार रहेकाले जन्मदिनमै सहयोग गरेको बताए ।

जन्मदिनमा खत्रीले गरेको सहयोग बेनपा–९ काँफलबोटका विकको गरिमा विकास बैंकको खातामा अभियानको संयोजन गरेका ईन्जिनियर कृष्ण रिजालले जम्मा गरेका छन् । सहयोग बुझ्दै घिमिरेले घाउमा मलम लगाउने प्रयास गरेको बताएका छन् भने बालक विकका अभिभावकले शिक्षादिक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply