बेनीको खुल्लामञ्चस्थित आइसोलेसन कक्षमा कार्यरत चिकित्सक सहित ५ स्वास्थ्यकर्मीको पीसीआर परीक्षणको रिर्पाट नेगेटिभ आएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनका कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएसँगै कोरोना समुदायमा पुग्ने जोगिम समेत म्याग्दीमा टरेको छ ।

छिमेकी जिल्ला पर्वतमा कोरोना अस्पतालमा कार्यरत चिकित्सक सहित स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि म्याग्दीमा समेत जोखिमलाई मध्यनजर गरी गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा पठाउने गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साले बताए ।

उनका अनुसार यसआगडी समेत पटकपटक चिकित्सक र स्वास्थ्यकर्मीको पिसिआर गरिएको थियो । म्याग्दीको आइसोलेन कक्ष सुरक्षित छ ।  चिकित्सक र स्वास्थ्यकर्मी बस्ने भवन एउटा र संक्रमित बस्ने भवन अर्को रहेकाले जोखिमको सम्भावना न्यून कोभिड १९ कमाण्ड पोष्टले जनाएको छ ।

Leave a Reply