उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएकी बेनी नगरपालिका-८, क्याम्पसचोकी एक यूवतीले जन्मदिनको अवसरमा विपन्न मृगौला पीडित र अपांग बालकलाई १५ हजार सहयोग गरेकी छन् ।

जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै सामाजिक क्षेत्रमा खर्चिने सकारात्मक कार्यलाई अभिभावबाट सिको गदैं आस्था श्रेष्ठले  बेनपा-९ काँफलबोटका अपांग बालक सन्देश विक, आर्थिक अभावका कारण उपचारबाट बन्चित मंगला गाउँपालिका-१ पूर्णगाउँकी मृगौला पीडित कोपिला पुन र तनहुँ जिल्ला घर भएका राजु श्रेष्ठलाई  बुबा विकास श्रेष्ठमार्फत सहयोग गरेकी छन् ।

बुधबार आस्थाले बुबामार्फत पूर्णगाउँकी कोपिलालाई राष्ट्रिय जनजागृति मावि ब्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद आचार्य बाबुराम र अपांग सन्देशलाई स्थानीय अभियानका संयोजक कृष्ण रिजालमार्फत हस्तान्तरण गरेका थिए ।

जन्मदिनमा सामाजिक कार्य गर्दा आफुलाइ खुशि लाग्ने बताउदै आस्थाले भविस्यमा पनि जन्मदिनमा सामाजिक र मानवीय सेवामा सहयोग गर्ने बताईन् । जन्मदिनका गरेको सहयोगले पीडितलाई केही सहज हुने उनका पिता विकास श्रेष्ठले बताए । बालक सन्देशले शिक्षादिक्षा र दुई पीडितले उपचारमा आर्थिक अभाव झेल्दै आएका छन्।

Leave a Reply