बेनी नगरपालिका-८, कालिपुल बसपार्क क्षेत्रबाट बुधबार साँझ जुवा खेलिरहेको अवस्थामा ठूलो रकम सहित सात जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुवा खेलिरहेको सुराकीको आधारमा प्रहरीले छापा मार्दा जुवा खेल्ने समुहका ७ जना सहित दुई लाख २९ हजार १४५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बेनीबजारमा जुवाखाल मैलाइरहेको गोप्य सूचनाको आधारमा केहीदिनदेखि प्रहरीले निगरानी गरिरहेको अवस्थामा बुधबार जुवाडेलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।

उनका अनुसार जुवाखालबाट गंगाप्रसाद शेरचन, पुरन शाही, निरोज भण्डारी, चन्द्रबहादुर क्षेत्री, राजु कँडेल, सुजन अधिकारी र विपिन खड्का रहेको बताए । ‘मुलुकी अपराध संहिता अन्तरगत मुद्दा चलाइन्छ,‘जुवाखेल्नेलाई निगरानी बढाएका छौ’ प्रनाउ कुँवरले भने ।

उनले बेनीबजारमा ठूला पेशेवर जुवाडेको निगरानी सुरु गरिएको बताए । विगतमा नियमित खेल्ने अखडामा समेत निगरानी गरिएको प्रहरीको भनाई छ । जुवाखालबाट नियन्त्रणमा लिएको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।सुराकीको आधारमा खटिएको प्रहरी टोलीले शेरचनको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेकालाई बिहिबारदेखि आवश्यक कारवाही अगाडी बढाइने छ ।

Leave a Reply