भारत सहित तेस्रो मुलुकबाट म्याग्दीमा आएका एकसय जनाभन्दा बढीको पीसीआर परीक्षणको रिर्पोट नतिजा आउन बाँकी रहेको छ ।

कोरोना भाइरसका कारण रोजगारी गुमेपछि विभिन्न मितिमा बेनीको क्वारेन्टाइनमा बसेकको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा पठाउने गरिएको स्वास्थ्य कार्यालय पोखरामा असार १४ र १५ गते र १८ गते संकलन गरिएको ३३ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय म्याग्दीमा प्रमुख एकनारायण लम्सालले बताए ।

उनका अनुसार बिहिबार संकलन गरिएको स्बाब शुक्रबार विहान पठाइएको छ ।  भारत सहित तेस्रो मुलुक यूएई, बहराईन, कतार, मलेसिया, साउदी, जापान लगायतका देशबाट जिल्लामा आउन थालेपछि क्वारेन्टाइनमा समेत ठूलो संख्या थपिएको छ । एकसयभन्दा धेरैको नतिजा आउन बाँकी भएसँगै सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविमा आइसोलेसन कक्ष समेत तयार गरिएको छ ।

Leave a Reply