कोरोना भाइरस सङ्क्रमणको कारण ४९ दिनमा मृत्यु भएका शिशुका आमाबुबा रफुपुको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । बेनी अस्पतालमा जन्मिएर पोखराको मणिपाल हुदै काठमाण्डौको टिचिङ अस्पतालमा भर्ना गरिएका ४९ दिनै शिशुलाई स्वासप्रवास गर्न नसकेर अस्पतालमा भर्ना गरिएको शिशुको मृत्युपछि कोरोना पुष्टी भएसँगै आमा, बुबा र फुफुको स्बाब परीक्षण गरिएको थियो ।

म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङको भेडिखाल्टा पुख्यौली घर भई हाल पर्वतको लामाखेतमा बस्दै आएकी मृतक शिशुकी आमा सिमा पुन, उनका श्रीमान र शिशुको रेखदेखमा खटिएकी फुपुको कोरोना रिर्पोट नेगेटिभ आएको अमृत पूर्जाले बेनीअनलाइनलाई बताए ।

‘शिशुको मृत्युको प्रमाणपत्र पाइएको छैन्,‘हामीले मृत्युको प्रमाणपत्रमा कोरोना संक्रमणको पुष्टी खोजेका छौ’ पूर्जाले भने । गएको बैशाख ३१ गते बेनी अस्पतालमा शिशुलाई जन्म दिएकी सिमाले अस्पतालमा जन्मिनेवित्तिकै स्वासप्रवासम गर्न नसकेर पोखरा रिफर गरिएकोमा त्यहाँबाट थप उपचारका लागि काठमाण्डौ पठाइएको थियो ।

काठमाण्डौमा करिब एक महिना उपचार गरिएकोमास्वासप्रवासमा कठिनाई भएपछि घाँटीबाट सास फर्न मिल्ने गरी अप्रेसन गरिएको थियो ।घाँटीको अप्रेसन गरिएपछि बुधबार साँझ कोरोनाले मृत्यु भएको खवर गरिएपनि शुक्रबार साँझसम्म मृत्युको प्रमाणपत्र दिइएको छ । मृतक शिशुका परिवारले मृत्युको प्रमाणपत्र लिएर मात्रै घर फर्किने बताइरहेका छन् ।

Leave a Reply