---Advertisement---

राइडर विविदजंगले जन्मदिनमा मानवसेवा आश्रमलाई सहयोग

On: July 3, 2020 10:01 PM
Follow Us:

आफ्नो जन्मदिनमा महंगो खर्च एक किसिमको फेसन जस्तै छ । धर्तीमा पाइला टेकेको दिनलाई आफन्त, साथीभाईलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउने संस्कार नै बसिसकेको अवस्थामा म्याग्दीका एक यूवाले जन्मदिनमा बेसहारा बस्ने मानवसेवा आश्रमको पोखरा शाखालाई खाद्यान्न सहयोग गरेर जन्मदिन मनाएका छन् ।

जन्मदिनमा फजुल खर्चलाई निरुत्साहित गदैं म्याग्दीका बाइक स्टन्ट राइडर विविद जंग थापाले ११ हजारको खाद्यान्न सहयोग गरेका हुन् ।

आश्रममा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनका स्वकिय सचिव प्रकाश पौडेल लगायतको उपस्थिती रहेको थियो । जन्मदिनको अवसरमा भविस्यमा समेत मानवसेवा आश्रमका अभियानमा साथ दिने प्रतिबद्धता जनाएका थिए ।बाइक स्टन्ट राइडर थापाले यूटुवबाट गरेको कमाईलाई जन्मदिनको अवसरमा सहयोग गरेको बताए ।

बाइक स्टन्ट प्रतियोगितामा अनौठो किसिमको ’राइडिङ स्किल’ देखाउँदै आइरहेका छन् । जिल्लाको धवलागिरी गाउँपालिका–७ धारापानीका थापाले हरेक यात्रालाई आफ्नो यूटुयूब च्यानलमा समेत राख्छन् ।

पल्सर डेयर भेन्चर सिजन–३ मा सेकेन्ड रनर अप हुन सफल बन्दै पल्सर एनएस मोटरसाइकल र सामसुङ एस एट हात पारेका थापाले अपाचे बाइक राइडरहरुको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता, अनुशासन आदिलाई आधार मानेर थापाले भारतमा समेत आफ्नो प्रतिभा देखाएका थिए ।