म्याग्दी जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसका कारण रोजगार गुमेपछि भारतबाट आएका २ जना र साउदी अरवबाट आएका एक यूवामा कोरोना पोजेटि देखिएको हो ।

शुक्रबार राती ११ बजे स्वास्थ्य कार्यालय म्याग्दीले जारी गरेको विज्ञप्तीमा मंगला गाउँपालिका वडा नं १ घर भएका २४ बर्षिय पुरुष, न्यू वेष्ट प्वाइन्ट आवासीय माविमाको क्वारेन्टाइनमा रहेका रघुगंगा गाउँपालिका–२ का २७ बर्षिय पुरुष र सोही गाउँपालिकाको वडा नं ३ का ४७ बर्षिय पुरुष रहेको प्रमुख एकनारायण लम्सालले बताए।

उनका अनुसार संक्रमति तीनैजनाको स्वास्थ्य अवस्था समान्य रहेको छ । असार १४ गते गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामास्वाब परीक्षणका लागि पठाइएको थियो । संक्रमतिलाई आइसोलेन कक्षमा राखिएको छ । नयाँ संक्रमति संगै म्याग्दीमा कोरोना संक्रमतिको संख्या १९ पुगेको छ । यसअगाडी ५ जनाले जितेर फर्किएका छन् भने शनिबार थप ५ जना आइसोलेन कक्षबाट विदाई हुदैछन् ।

Leave a Reply