सदरमुकाम बेनीको आइसोलेसनमा रहेका थप ५ जनाले कोरोना जिेतका छन् । बेनीस्थित आइसोलेसनमा उपचाररत एक महिला र चार पुरुषको पछिल्लो स्वाब रिर्पोट नेगेटिभ आएसँगै शनिबार डिस्चार्ज गरिने भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार आइसोलेशनमा भर्ना भएका ८ संक्रमित मध्ये एक पुरुषको तेस्रो, तीन पुरुषको दोस्रो र महिलाको दोस्रो रिर्पोट नेगेटिभ आएको हो ।
कोरोना जित्नेमा रघुगंगा–३ का पुरुष, बेनपा–२ कि महिला र मंगला गाउँपालिका वडा नं १, ३ र ५ का पुरुष रहेका छन् ।

पाँच जनालाई शनिबार खुल्लामञ्चको आइसोलेन कक्षबाट थप ७ दिन होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइने छ । पुनः जाँच गरिएको ३ जनामा भने कोरोना भाइरसको संक्रमण कायमै रहेको देखिएको छ । यसअगाडी एक महिलासहित ६ जनाले कोरोना जितेपनि महिला बाहेक पाँच जना घर फर्किएका छन् । महिलाको ९ बर्षिया छोरीको तेस्रोा रिर्पोट समेत पोजेटिभ आएकाले आइसोलेनसमै छिन्

Leave a Reply