म्याग्दीको विभिन्न स्थानीय तहमा सलह किराको झुन्ड देखिएपनि बालीमा ठूलो क्षती नभएको ज्ञान केन्द्रले जनाएको छ । गत हप्ता गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट प्रवेश गरेको सलह किरा जिल्लाका सबै स्थानीय तहमा देखिएपनि एउटै समुहमा ठूलो संख्या नभएको ज्ञान केन्द्र म्याग्दीमा प्रमुख गोविन्दराज कोइरालले बताए।

‘उच्च हिमाली क्षेत्रसम्म पुगेको छ,‘दैनिकजसो ग्रामिण क्षेत्रबाट सूचना लिइरहेका छौ’ प्रमुख कोइरालले भने । उनले सलहको जोखिम कायम भएपनि जिल्लाभित्र एउटै समुहमा हजारौंको संख्या नभएको बताए ।केन्द्रमार्फत स्थानीय तहका प्राविधिक सहित सलह भित्रिएका क्षेत्रका किसानलाई समेत सम्पर्क गरी समुहमा रहेको अन्दाजी संख्याको तथ्याङ्क संकलन गर्ने गरेको बताए ।

केन्द्रका अनुसार पहिलो समुह कास्की हुदै प्रवेश गरेको देखिएपनि सलहका स–साना झुन्ड धवलागिरी गाउँपालिका–२ लुलाङमा सबैभन्दा धेरै स्थानीयले समात्न सफल भएको बताए । त्यस्तै बेनपा–१ रत्नेचौरको अर्जम, मंगला गाउँपालिका–२ बावियचौर, मालिका गापा–४ ओखरबोट, रघुगंगा गापाका विभिन्न बस्तीमा समेत देखिएको बताए ।

आकाशमा ठूलो संख्यामा उडेको देखेर समेत बासबस्ने स्थानको अनुमान सहित सम्बन्धित पालिकाभित्रका प्राविधिकलाई समेत जानकारी गराउने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लाभित्र किसानले कहिले यता कहिले उता गरेर सलहको झुन्ड देखिने गरेपछि बिहान–बेलुका खेतबारीको रेखदेखमा पुग्न थालेका छन् ।

सलह नियन्त्रणका विधिका बारेमा जानकारी भएकाले किसानले समेत सावधानी अपनाउन थालेका छन् । राती वास वसेको देखियो भने विहानको ९ वजे अगाडी वा सलह उड्नु अगाडी नै नष्ट गर्न सकिन्छ । रातको समयमा सलहले अन्नबाली नष्ट नगर्ने भएकाले समेत विहानदेखि साझसम्म सर्तकता अपनाउनुपर्ने विज्ञहरुको भनाई छ ।

Leave a Reply