टोलाउँछ बहकिन्छ

भक्कानिन्छ अनि पोखिन्छ

अझै झ्याउँकिरिको

गुन्जायसमा

अटसमटस अमूक

हराए जस्तो गुमाए जस्तो

उसको निर्दोष बात्सल्य

आजकल एक्लिएको छ

नाता फेरिएको छ

सर भन्दा बाबु

स्कुल भन्दा घर

मामा भन्दा आमा

निर्दोष छ म भित्रको उ ।

 

उ झस्कन्छ नौ बज्दा

किताब कापी कलम

छरपस्ट छन्

झोला मैलिन नपाएको धेरै भो

क्षण क्षणमा झस्काउछ

कोरोनाको सन्त्रासले

समाचारको कोलाहलले

छिमेकी दिदि अन्लाईन कक्षामा

दाई भर्च्यूअल अनि

साथी टिभिमा घण्टे कक्षा लिँदा

बत्ति जान्छ रिमोट बजार्छ

भन्छ लाइन बिनाको अन्लाइल

त्यसमा पढाउने सर चिन्दैन

शैलि ठम्म्याउदैन

निर्दोष छ म भित्रको उ ।।

छिमेकको सरलाई सोध्छ

होइन अन्तरिक्षमा बस्ति बसाउने

रिमोटले बम खसाउने मान्छे

कोरोना देखि भागिरहेछ

के बिज्ञान अभिषाप हो

सरको जवाफमा टाउको हल्लाउदै

भन्छ मेरो सरलाई कक्षामा

कहिले हसिँलो मुहारमा देख्छु

छिमेकी सर धैर्यता सिकाउछन्

बाबु एकदिन आउँछ

पहिले झैँ हुन्छ आत्तिनु हुन्न

सुरक्षित रहनु मास्क लगाउनु

साबुनले हात धुनु

आत्मवल बढाउनु यस्तै यस्तै

तर पनि निर्दोष छ म भित्रको उ।।।

 

उता सिसाको सद्धाम झै

अटसमटस उसका सर मिस

अमूक श्रमजिवि झै

जिजिविषा बटुलेर

बागमतीमा टुकुचा बगाउछन

एक्लो सगरमाथा झै ठिँग

मानसपटलमा बालबालिका बोकि

बिरानो कक्षाकोठा सम्झिदै

वर्षभरिका सिकाइ योजना बुन्दै

अनिश्चितता भित्र सम्भावना

सिँचित हुने ब्यग्र अभिलाषामा

सर पनि जागा रहँदै ब्यूतिँदै छन्

कोरोना कहरले झस्काइरहन्छ

बल्झाउछ मास्क साबुन र दुरीले

फलामको अभ्यासले

तर पनि निर्दोष छ म भित्रको उ ।।

निर्दोष छ म भित्रको उ ।।।

।।। अस्तु ।।।

           रचनाकार दिवाकर सुबेदी

              ताकम, म्याग्दी

     हाल जनप्रिय मा. बि. दरबाङ, म्याग्दी

 

Leave a Reply