बस्ती माथिको भीरबाट ढुंगा खस्दा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको कोप्चेपानीमा चारघरमा सामान्य क्षती पुगेको छ ।

गएरातीदेखि बस्तीमाथिको दानीखोरे भन्ने भीरबाट खसेको ढुंगामाटोले स्थानीय यामबहादुर खड्का, जितबहादुर रोका,अमृत खड्का लगायतको घरमा क्षती पुगेको हो ।

‘सानो–सानो ढुंगा खस्ने क्रम नरोकिएको छैन्,‘रातको समयमा जोखिम छ’ स्थानीय चुकमायाँ रोकाले बेनीअनलाइनलाई भनिन् ।

उनका अनुसार भीरबाट खसेको ढुंगाले टिनको छाना, शौचालय लगायतमा क्षती पुगेको छ । लगातारको बर्षासँगै बस्तीमाथिबाट ढुंगा खस्ने समस्याले बर्खाको समयमा स्थानीयलाई सास्ती हुने गरेको छ ।

कालिगण्डकीको कटानसँगै बस्तीमाथिबाट समेत ढुंगा खस्न थालेपछि स्थानीयले बैकल्पिक ठाउँको खोजीको समेत माग गरेका छन् । शनिबार दिनभरी ढुंगा खस्न थालेपछि बालबालिका त्रसित भएका छन् । यसैबीच वडा कार्यालयले स्थानीयलाई सुरक्षित राख्न आवश्यक पहल भइरहेको जनाएको छ ।

Leave a Reply