उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङ स्वास्थ्य चौकीको अगाडीको भाग धसिएपछि मर्मत गरिएको छ । लगातारको बर्षाका कारण नारच्याङको बेंसीगाउँमा रहेको स्वास्थ्यचौकीको डिलमा जमिन धसिएपछि थप क्षती रोक्न वडामार्फत तारजालीले मर्मत गरिएको हो । बर्षातको समयमा थप क्षती हुने सम्भावनालाई मध्यनजर गरी वडा कार्यालयमार्फत ४५ देखि ५० वटा जाली लगाइएको अन्नपूर्ण यूवा क्लवका अध्यक्ष श्याम पूर्जाले बेनीअनलाइनलाई बताए । ‘धसिएको ठाउँमा थप क्षती हुनसक्ने भएकाले मर्मत गरिएको छ,‘करिब ३ लाख खर्च भएको छ’ पूर्जाले भने ।

स्वास्थ्य चौकी जोखिममा परेपछि तत्कालै वडा चन्द्रप्रसाद फगामी, जिसस सदस्य मेखबहादुर गर्बुजा, वडा सदस्य रुद्ध तिलिजा, महिला सदस्य सुकमायाँ विक, पवित्रा खड्काले तत्कालै अर्को ब्यवस्थापन नहुदाँसम्म ३ लाख खर्ज ब्यवस्थापन गरेका थिए ।गाउँपालिका अध्यक्ष गर्बुजाले जालीको ब्यवस्थापन गरेका थिए । अस्थायी मर्मत गरिएकाले दिर्घकालिन मर्मतका लागि समेत बजेट माग गरिने वडा अध्यक्ष फगामीले बताए ।

Leave a Reply