म्याग्दीमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनका कार्यरत सुरक्षाकर्मी सहित २९ जनाको रिर्पोट नेगेटिभ आएको छ ।

कोरोनाको जोखिमलाई मध्यनजर गरी असार १४ गते पठाइएको मध्ये १ जना र १५ गतेको ११ जना सुरक्षाकर्मी सहित २८ जनाको स्बाब गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा पिसिआर रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साले बताए ।

पछिल्लो रिर्पोटले समेत म्याग्दीमा कोरोना समुदायमा पुग्ने जोगिम टरेको बताए । विभिन्न देशबाट म्याग्दीमा आएका लगायत गरी ५८ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply