बागलुङ ढोरपाटन नगरपालिका–४ खुङ्गामा रहेको क्वारेन्टाईनमा एक युवकको मृत्यु भएको छ । निसीखोला गाउँपालिकाका २९ वर्षीय सुनिल विकको  खुङ्गा छोरेगाउँ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईनमा शनिवार राति मृत्यु भएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख घनश्याम शर्माले जानकारी दिए ।

मृतक युवा केही वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा रहेर पछिल्लो समय टिबी रोगको उपचार गरी फर्किएर क्वारेन्टाईनमा बसेका थिए । उनको कोरोना परीक्षणको लागि पिसिआर पठाइए पनि अहिलेसम्म रिपोर्ट नआएको स्वास्थ्य विभाग प्रमुख शर्माले जानकारी दिएका छन् । उक्त क्वारेन्टाईनमा रहेका १४ जना स्वाब सङ्कलन गरी पठाइएकोमा १२ जनाको रिपोर्ट आएको थियो । जसमध्ये दुई जनाको कोरोना पोजेटिभ देखिएको छ भने मृतक युवा र अर्को एक बालकको भने रिपोर्ट नआएको शर्माले बताएका छन् ।

उनको रिपोर्ट आएपछि मात्र दाहसंस्कार गरी उनले बताएका छन् । कोरोना सङ्क्रमण देखिएको खण्डमा नेपाली सेनाले दाहसंस्कार गर्नेछ भने नदेखिएमा शव परिवारलाई हस्तान्तरण गरिने बताइएको छ ।

Leave a Reply