बागलुङको ढोरपाट नगरपालिका स्थित क्वारेन्टाइनमा आज विहान मृत्यु भएका निसीखोला गाउँपालिकाका युवाको कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निसीखोला–२ का २९ वर्षीय युवाको रिपोर्ट पोजेटिभ देखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिनुभयो ।

उनी उनी केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसिरहेका थिए ।

मिर्गौला, फोक्सो र स्वासप्रस्वासमा समस्या देखिएपछि भारतमा उपचार गराउन गएका उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि फर्किएको बुझिएको डा. मल्लले जानकारी दिनुभयो । उहाँले भारतबाट केहि दिन अगाडी उनका परिवारका ५ जना फर्किएको र स्वाब परीक्षणमा जनाको नेगेटिभ आएको र एक जना बच्चाको रिपोर्ट आउन बाँकी रहेको मल्ले बताउनुभयो । उहाँले नेगेटिभ आएका सबैको पुनः पिसिआर परीक्षण गरिने बताउनुभयो ।

मृतक युवाको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ ।

Leave a Reply