म्याग्दीमा थप दुई बिरामीमा डेंगु र एक जनामा स्क्रब टाइफस पोजेटिभ देखिएको छ । एक्कासी टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा उपचारका लागि आएका बेनी नगरपालिका–२ का ५ बर्षिय बालक, छिमेकी जलजला गाउँपालिका–१, निवासी ६४ बर्षिया महिलामा डेंगु र बेनपा–७ का ४१ बर्षियउ पुरुषमा क्रब टाइफसको संक्रमण देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुबेदीले बताउनुभयो।

‘तीनै बिरामीको अस्पतालमै उपचार भइरहेको छ,‘बिरामीको ट्राभल हिष्ट्रीको खोजी भइरहेको छ’ उनले भने ।यो संगै बैशाख महिना यता डेंगुको १९ जना र क्रब टाइफसका ८ जना संक्रमति भेटिएको बेनी अस्पतालले जनाएको छ । म्याग्दी गण्डकी प्रदेशमै सबैभन्दा धेरै डेंगु संक्रमति भेटिने जिल्लामा पर्छ भने नेपाल रुपन्देही पछि दोस्रो स्थानमा छ ।

मुसामा हुने किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणबाट क्रब टाइफस र एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने गरेको छ । मुसामा हुने परजीवीलाई एक प्रकारको माइट जातिको सूक्ष्म किराको माध्यामले स्क्रब टाइफस मानिसमा सर्ने भएकाले म्याग्दी क्रब टाइफसको उच्च जोखिममा समेत रहेको बेनी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत अधिकारीले बताए ।

रोग समयमा पत्ता नलागेमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्ने डा. अधिकारीको भनाई छ । त्यस्तै जिल्ला बाहिर नगई ग्रामिण क्षेत्रमै डेंगुको संक्रमित भेटिएकाले खोज र नष्टको अभियानलाई तिब्रता दिनुपर्ने डा. अधिकारीको भनाई छ । स्क्रब टाइफस र डेंगुको लक्षण करिब एउटै हुन्छ ।

Leave a Reply