म्याग्दीको विकट धवलागिरी गाउँपालिका–२ लुलाङमा सलहको ठूलो समुह प्रवेश गरेको छ । पश्चिम क्षेत्रबाट लुलाङको आकाशमा आइतबार दिउँसो ठूलो संख्यामा सलहको झुण्ड घन्टौं सम्म उडेको स्थानीय यूवा रेशम बहादुर विकले बताए ।

‘पहिलोपटक ठूलो संख्यामा सलह देखिएको छ,‘स्थानीयले घरघरबाट थालटिनको ध्वनी निकालेर धपाइरहेका छन्,‘ठूलो झुण्ड बालीनालमिा पसिसकेकाले किसानहरू चिन्तित बनेका छन्’ उनले भने ।

केहीदिन अगाडी सानो संख्यामा देखेका लुलाङबासीले यसपटक हजारौंको संख्यामा देखेपछि गाउँ नै उल्टिएर छोप्ने र भगाउन थालेको विकले बताए ।

उनले साना बालबालिकादेखि बृद्धबृद्धासम्म समेत सलह देखिएको ठाउँ आसपासमा पुगेर धपाइ रहेका छन् । बालीनाली जोगाउनका लागि स्थानीयले आफ्नो खेतबारीमा समेत पुगेर आगो बालेका छन् ।

सलह कता जान्छ भनेर निगरानीमा बसेको स्थानीयको भनाई छ । बढि आवाज आउने स्थानमा बस्न नसक्ने भएकाले स्थानीयले आकाशमा देखिएको सबै सलह बालीमा बसेमा सखाप पार्ने भन्दै बस्ती आसपासका अग्लो डाँडाबाट समेत भगाउने प्रयास गरेका छन् ।

Leave a Reply