पर्वत जिल्लाको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गरेको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा आइतवार सम्पन्न आठौ गाउँसभामा जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले ४१ करोड, ६३ लाख २५ हजार रुपैयाको बजेट सार्वजनिक गर्नुभएको हो ।

गाउँपालिकाले संघीय सरकारवाट र प्रदेश सरकारवाट प्राप्त हुने ३८ करोड, ३३ लाख ८९ हजार चार सय ३० र आन्तरिक आम्दानी समावेश गरी बजेटको खाका तयार गरेको अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षमा जलजलामा संघीय सरकारवाट कुल अनुदान रकम ३५ करोड, ७९ लाख ४६ हजार ४ सय ३० र प्रदेश सरकारकोृ २ करोढ ५४ लाख ४३ हजार रुपैया गरी ३८ करोड ३३ लाख ८९ हजार चार सय ३० रुपैयाको बजेट प्राप्त हुने भएको छ । जलजलाले आन्तरिक कर, शुल्क, दस्तुर र मौज्दात समेत गरी आगामी आर्थिक वर्षमा ३ करोड २९ लाख ३५ हजार ५ सय ७० रुपैया आन्तरिक आम्दानी हुने प्रक्षेपण समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

Leave a Reply