क्वारेन्टाइनमा मृत्यु भएका निसीखोला गाउँपालिका–२ का २९ बर्षिय युवाको शब ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोला नजिकै अन्त्येष्टि गरिएको छ । आईतबार विहान ढोरपाटन–४ खुंगा स्थित छोरे गाउँ माविको क्वारेन्टाइनमा निधन भएका युवाको शब आईतबार राती नेपाली सेनाको अर्जुन वाड गण अन्तरगत सत्रुमर्दन गुल्मले लुकुरवन खोलामा व्यवस्थापन गरेको हो ।
युवाको शबलाई खोलाको किनारमा खाल्डो खनेर गाडिएपछि सेनाको टोलीले अन्तिम सलामी अर्पण गरेको थियो । असार १२ गते स्वाब संकलन गरिएको युवाको आईतबार विहान मृत्युपछि मात्र दिउँसो संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो । मिर्गौला, फोक्सो र स्वासप्रस्वासको समस्याबाट ग्रसित युवा भारतमा उपचार गराउन गइ स्वास्थ्यमा कुनै सुधार नभएपछि असार २ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसिरहेका थिए ।
कोरोनाबाट मृत्यु भएका युवालाई सलामी सहित दासंस्कार
By -
On: July 6, 2020 8:45 AM








