क्वारेन्टाइनमा मृत्यु भएका निसीखोला गाउँपालिका–२ का २९ बर्षिय युवाको शब ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोला नजिकै अन्त्येष्टि गरिएको छ । आईतबार विहान ढोरपाटन–४ खुंगा स्थित छोरे गाउँ माविको क्वारेन्टाइनमा निधन भएका युवाको शब आईतबार राती नेपाली सेनाको अर्जुन वाड गण अन्तरगत सत्रुमर्दन गुल्मले लुकुरवन खोलामा व्यवस्थापन गरेको हो ।युवाको शबलाई खोलाको किनारमा खाल्डो खनेर गाडिएपछि सेनाको टोलीले अन्तिम सलामी अर्पण गरेको थियो । असार १२ गते स्वाब संकलन गरिएको युवाको आईतबार विहान मृत्युपछि मात्र दिउँसो संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो । मिर्गौला, फोक्सो र स्वासप्रस्वासको समस्याबाट ग्रसित युवा भारतमा उपचार गराउन गइ स्वास्थ्यमा कुनै सुधार नभएपछि असार २ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसिरहेका थिए ।

Leave a Reply