म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक अवरुद्ध भएको छ । सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण पर्वत जलजला गाउँपालिक–४, वारीबेनीमा झरेको ढुंगामाटो सहितको रेलोले मालबाहक ट्रकलाई क्षती पुगेको छ ।

सडक खण्डअन्तर्गत जलजलादेखि मालढुंगासम्मको विभिन्न स्थानमा आंशिक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । बर्षासँगै आएको बाढीले पर्वत खानेपानीको पाइपलाइनमा समेत क्षती पुगेको छ ।

वर्षा नरोकिएकाले सडक खुलाउन समस्या हुने जलजला गाउँपालिकाले जनाएको छ । डोजर बोलाएर सडक खुलाउनका लागि पहल भइरहेको भए पनि वर्षाले गर्दा समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन पर्वतबेनीमै अलपत्र परेका छन् भने पर्वत तथा देशका विभिन्न स्थानबाट आएका सवारीसाधन ठाउँठाउँमा रोकिएको छ । यसैबीच म्याग्दीको सदरमुकाम बेनी जोड्ने आन्तरिक सडक सहित बाहिरी जिल्लासँग जोडिकका सडकहरु अवरुद्ध भएका छन् ।

Leave a Reply