सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी महारानीको मंगलबार प्रसिद्ध धार्मिकस्थल महारानी मन्दिरमा सरसफाई तथा पूजारीलाई बस्त्र हस्तान्तरण गरेको छ। क्लवले बेनी नगरपालिका–७, महारानीथान प्राङ्गनमा सरसफाई तथा मन्दिरका पूजारी, सहयोगी र कार्यालय प्रमुख गरी तीनजनालाई पोशाकपोशाक सहयोग गरेको क्लवका बर्ष २०२०–०२१ का प्रथम उपाध्यक्ष रेस्मा श्रेष्ठले जानकारी दिनुभयो । नयाँ कार्यसमितिको पदस्थापनापछि आयोजित पहिलो कार्यक्रमलाई मन्दिर सरसफाई तथा बस्त्र हस्तान्तरणबाट सुरु गरिएको क्लवकी अध्यक्ष संगिता श्रेष्ठले बताउनुभयो। ‘रचनात्मक कार्यक्रमहरुलाई प्राथमिकता दिन्छौ,‘सामाजिक कार्यमा समय दिने गरी क्लवमा आवद्ध भएका छौ’ श्रेष्ठले भन्नुभयो । कार्यक्रममा जोन चियरपर्सन एवम् क्लवकी पूर्व अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, बिरेन्द्रचोक टोलसुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठ, महारानीथान ब्यवस्थापन समितिकी सचिव उमा रिजाल, क्लवकी निर्वतमान अध्यक्ष रञ्जिता शेरचन लगायतको उपस्थिती रहेको थियो। म्याग्दी जिल्लामा लायन्समा आवद्ध रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय हुने उदेश्यले क्लवको स्थापना गरिएको थियो । क्लवमार्फत विभिन्न रचनात्मक कार्यक्रमसँगै आयमुलक तालिम समेत सञ्चालन गदै आइरहेको छ ।

Leave a Reply