प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा म्याग्दीको सदरमुकाम बेनीमा प्रदर्शन भएको छ । ओली सर्मथक यूवाहरूले क्याम्पसचोकमा भेला भएर न्यूरोड हुदै बिरेन्द्रचोकसम पुगेका ओली सर्मथक यूवाहरूले लिम्पियाधुरासहितको चुचे नक्सा जारी गरिएपछि प्रधानमन्त्रीलाई विदेशीको इसारामा हटाउन खोजिएको आरोप लगाएको थिए ।

आफ्नै पार्टीका केही नेताहरूले लोकप्रिय सरकारलाई गिराउन अघोषित साटघाट गरेको आरोप लगाउँदै प्रधानमन्त्री र पार्टीको अध्यक्षमा केपी ओलीको विकल्प नभएको बताएका हुन् ।

बिरेन्द्रचोकमा आयोजित सभामा बोल्दै मदन भण्डारी फाउण्डेशन म्याग्दीका अध्यक्ष चन्द्रकुमार केसीले पार्टी एकताको विकल्प नभएको बताउँदै नेपालको नक्सा परिवर्तन गर्दा सरकार परिवर्तन गर्न खोज्नु गलत भएको बताए । उनले पार्टीको एकतालाई कमजोर बनाउन खोजिए अर्का अध्यक्ष प्रचण्डलाई समेत अस्तित्व जोगाउन हम्मेहम्मे हुने बताए ।

त्यस्तै अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले पाटीभित्रै असफल भएकाहरुको चलखेललाई चेतावनी दिदैं प्रधानमन्त्री बिरुद्ध सार्वजनिक भाषण गर्ने पार्टीभित्रकै नेतालाई सचेत हुन भन्दै खवरदारी गरेका थिए । उनले प्रतिनिधिसभा सदस्य एवम् अनेरास्ववियूकी पूर्व केन्द्रिय अध्यक्ष रामकुमारी झाँक्रीको एक अन्तरवार्तामा सडकमा सर्मथन गर्नेलाई गरेको ब्यंग्यलाई लक्षित गदै चेतावनी दिएका थिए ।

राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय नेता एवम् नेकपामा यूवा नेता सन्तोष रावलले समृद्ध नेपालको पिता एवम् राजनेता केपी ओलीको विकल्प नभएको बताउँदै बाहिरी शक्तीको इसारामा चल्न खोजेका गम्भिर नतिजाको सामाना गर्नुपर्ने बताए ।

ब्यानरमा कुनैपनि संगठनको नाम नदिइएपनि यूवाहरुको समुहले ‘भारतीय दलाल होसियार’, सरकार परिवर्तन गर्न पाईदैन्, केपी ओली राजनेता हुन्,आई एम विथ केपी ओली जस्ता नारा लगाएका थिए । यूवाहरुले आवश्यकता परेमा थप खवरदारी गर्ने बताएका थिए ।  यूवाहरुले प्रर्दशनमा पार्टीभित्रको आफ्नो जिम्मेबारीलाई उद्घोष नगरेपनि कार्यक्रमको सञ्चालन म्याग्दी क्याम्पसका कार्यवाहक सभापति इश्वर सुबेदीले गरेका थिए ।

यूवा संघको पूर्व केन्द्रिय सदस्य एवम् धौलागिरी अध्यक्ष नारायण जिसी लगायत प्रधानमन्त्री ओली सर्मथक यूवाहरुको उपस्थिती रहेको थियो ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग भएपछि सडकमा सर्मथकले देशभरी खवरदारी गरेका हुन् ।

Leave a Reply