कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकालाई आफ्नो संस्कार र चलनचल्ती अनुसार मृत्यु संस्कार गर्न दिनुपर्छ माग गदैं विश्व हिन्दु महासंघ नेपाल म्याग्दी शाखाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापनपत्र पठाएको छ । विश्व स्वास्थ्य संगठनका मान्यतासंगै नेपाली हिन्दु धर्मालम्बीहरुलाई समेत मृत्युपछि जमिनमा गाड्ने गरिएको भन्दै विश्व स्वास्थ्य संगठनको मापदण्डलाई समेत लत्ताइएको हिन्दु अगुवाहरुको भनाई छ ।

महासंघ म्याग्दीका अध्यक्ष कृष्णप्रसाद शर्माले विश्व स्वास्थ्य संगठनका मान्यतासंगै नेपाली हिन्दु परम्परा संस्कृतिको ख्याल राखि कोरोना अन्तरगत पर्ने कार्यहरु गर्न अनुरोध गदैं प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई ज्ञापनपत्र बुझाउनुभएको छ । ज्ञापनपत्रमा कोरोना महामारीको समयमा विश्व स्वास्थ्य संगठन र राष्ट्रिय तथा अन्तराष्ट्रिय निणर्य संगै नेपाली धर्म संस्कृतिलाई पनि ख्याल गर्न अनुरोध गरिएको छ ।

विज्ञप्तीमा कोरोनाबाट मृत्यु ग्रहण गरेका मृतकलाई आफ्नो संस्कार र चलनचल्ती अनुसार मृत्यु संस्कार गर्न दिनुपर्छ भन्ने निर्देशिकालाई केहि जिल्लाहरुले लत्याई अग्नि संस्कार गर्नुपर्नेलाई पनि जबरजस्ती गाडिनुले समाजमा संन्त्रास र आतंक सृजना गरेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि गाड्नु भन्दा जलाउनु उपयुक्त हो भनेकाले विश्वका विभिन्न देशहरुले पनि गड्न भन्दा जलाउन थालेको बताउँदै नेपालमा समेत मृत्युपछि समुदायले अपमान गर्ने अवस्थाको अन्त्य गदैं विधि अनुसार जलाउने वातावरण बनाउन प्रधानमन्त्रीलाई पत्र पठाइएको महासंघका सचिव विक्रम श्रेष्ठले जानजकारी दिनुभयो ।

सोही अवसरमा प्रजिअ ढकालले म्याग्दीमा कोरोनाबाट मृत्युवरण गर्नेलाई अन्तिम संस्कार सहितको तयारीका लागी आवश्यक पर्ने साम्रागी ब्यवस्थापन गरेको बताउनुभयो । उहाँले मृत्युपछिको अन्त्येष्टीमा परिवारको चाहना र चलनचल्तीलाई समेत ध्यान दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

Leave a Reply