नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउबाको पहलमा म्याग्दीमा कोरोनाभाइरस विरुद्धको अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तातरण गरिएको छ । सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष समेत रहेकी देउवाको पहलमा म्याग्दी सहित पर्वत, बाग्लुङमा समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

नेपाली काँग्रेसका युवा नेताएवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णको विशेष पहलमा काँग्रेस नेतृ देउवाद्वारा पठाइएको उक्त स्वास्थ्य सामग्री वुधबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई हस्तान्तरण गरिएको हो ।

उक्त सामग्रही कार्यक्रमा नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले प्रजिअ ढकाललाई हस्तान्तरण गर्नुभएको हो । प्रमुख जिल्लाअधिकारी ढकाललाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा १५ थानपीपीई सेट, ७ लिटर सेनिटाइजर, १६ सय थान पञ्जा, तीनहजार पिस नर्मल मास्क, र ४० पिस एम ९५ माक्स रहेको थियो ।

उक्त स्वास्थ्य सामग्री झण्डै डेढ लाख बराबरको रहेकोे छ । सामग्री हस्तान्तरण पछि गुरुङले हरेक महामारी र विपत्ति सबैको साझा समस्याभएकोले यस्ता विपत्ती विरुद्धको अभियानमा एक भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply