गण्डकी प्रदेशमा बिहिबारदेखि देखि चारदिनसम्म अहिलेसम्मकै धेरै बर्षाको जोखिमलाई मध्यनजर गरी जिल्ला विपद् ब्यवस्थापन समिति म्याग्दीले उच्च सर्तकता अपाउन अपिल गरेको छ ।

प्रदेशभित्रका जिल्लाहरुमा धेरै बर्षा हुने पूर्वअनुमान गरिएकोमा म्याग्दी समेत रहेकाले नदीतटीय क्षेत्र र अन्य क्षेत्रका बासिन्दालाई सर्तक हुन अपिल गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘सबै पालिकामार्फत जानकारी गराएका छौ,‘बाढीपहिरोको उच्च जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन भनिएको छ’ प्रजिअ ढकालले भन्नुभयो।

सानाठूला नदी आसपासका बस्तीमा कटान, सडक विस्तारको क्रममा फालिएको ढुंगामाटोले बस्तीलाई क्षती तथा विगतमा बाढीपहिरो गएको स्थानमा थप क्षतीको जोखिम रहेकाले सुरक्षित स्थानको बैकल्पिक ब्यवस्था गर्न समेत अनुरोध गरिएको छ ।

बेनी नगरपालिका, मंगला, मालिका, रघुगंगा र अन्नपूर्णमा विगतमा बाढीपहिरोले पुर्याएको क्षतीलाई मध्यनजर गरी थप सर्तकता आवश्यक रहेको प्रजिअ ढकालको भनाई छ।

‘म्याग्दी बाढीपहिरोको उच्च जोखिममा रहेको जिल्ला हो,‘भिरालो जमिन, भूमिगत पानीका कारण धेरै क्षती हुने गरेको छ’ विपद् ब्यवस्थापन समितिका संयोजक ढकालले भन्नुभयो । सम्भावित विपद्लाइ ध्यानमा राखी आवश्यक पूर्वतयारी समेत थालिएको समेत उहाँको भनाई छ ।

जल तथा मौसम विज्ञान विभागको सूचनामा गलिसकेको जमिनमा पहिरो पनि जान सक्ने भएकाले सावधानी अपनाउने जिल्लाका सबै स्थानीय तहले समेत वडामार्फत जोखिमपूर्ण स्थानमा अनुरोध गरेका छन् । म्याग्दीमा मुख्य कालिगण्डकी र म्याग्दी नदी र सहायक नदीमा रघुगंगा सहित ठाडो खोलामा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

Leave a Reply