म्याग्दी प्रहरीले जुनसुकै कामले घर बाहिर निस्कंदा मास्क नलगाउनेलाई बिहिबारदेखि नै पक्राउ गरी कारबाही थालेको छ।

सार्वजनिक सूचना, घरदैलो सहित विभिन्न माध्यमबाट मास्क लगाएर घरबाट बाहिर निस्कन अनुरोध गरेपछि अटेर गर्न थालेपछि विभिन्न स्थानबाट स्वास्थ्य सुरक्षा मापदण्ड उलंघन गर्ने ४५ जनालाई नियन्त्रणमा संक्रमण रोग ऐन २०२० अन्तर्गत कारबाही गरिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताउनुभयो ।

‘पहिलो चरणमा सचेत मात्रै गराएर छोड्यौ, मास्क नै नलगाई हिड्नेलाई अव ऐन अनुसार कारवाही गछौं’ प्रनाउ कुँवरले भन्नुभयो । केही दिन अगाडी पहिलो चरणमा प्रनाउ कुँवरको नेतृत्वमै बेनीबजार सहित जिल्लाका विभिन्न नाकामा रहेको चेकपोष्टमास्वास्थ्य सुरक्षा मापदण्डको बारेमा सचेत गराइएको थियो ।

दोस्रो चरणमा मास्क लगाउन माइकिङ गरी जनचेतना फैलाएपनि त्यसको बावजुद पनि मास्क नलगाइ बाहिर निस्किनेको संख्या बढेपछि कारबाही गरेको प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताउनुभयो ।

उहाँका अनुसार विभिन्न सूचनालाई बेवास्ता गदैं मास्क नलगाई बजारमा हिड्न थालिएपछि संक्रामक रोग समातेर कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयबाट प्रतिब्यक्ति १ सयको दरले ४४ सय र सार्वजनिक यात्रु बोक्ने सवारीलाई १ जार गरी कुल ५४ सय जरिवाना गरिएको छ ।

मास्क नलगाई बजारमा निस्कनेलाई प्रहरीलाई नियन्त्रणमा लिएर कारवाही अगाडी बढाउन समेत निर्देशन दिइएकाले शुक्रबारदेखि थप कडाई हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ऐनमा भने एक सय रूपैयाँ वा एक महिना जेल सजाय अथवा दुबै हुन सक्ने लेखिएको छ। यसैबीच प्रहरीले जरिवाना सहित मास्कक समेत वितरण गरेको छ ।

Leave a Reply